महिलाको हातबाट दुईलाख रुपैयाँ लुटिएको घटनामा संलग्न जितेन्द्र र दिपेन्द्र पक्राउ

रातोघर

 २०७९ श्रावण १२, बिहिबार  मा प्रकाशित
४९७ पाठक संख्या


मधेस प्रदेशको राजधानी जनकपुरधाममा बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा एक महिलाको दुईलाख रुपैयाँ लुटिएको घटनामा संलग्न रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत सोमबार दिउँसो धनषाको सवैला नगरपालिका वडा नम्बर ४ पटेर्वा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने शर्मिला देवी यादवको साथबाट दुईलाख रुपैयाँ लुटेका धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र सोही ठाउँ बस्ने २१ वर्षीय दिपेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

वडा नम्बर १ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका उनिहरुले शर्मिलाको साथमा रहेको रकम लुटेर फरार भएका थिए ।

साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै प्रदेश–२–०२–००५–प ००८५ नम्बरको मोटरसाइकलमा सवार भई आएका जितेन्द्र र दिपेन्द्रले शर्मिलाले बोकको झोला हातबाट लिएर भागेको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban