१६ वर्षीय किशोरीको उद्धार

रातोघर

 १४ श्रावण २०७९, शनिबार ११:०४  मा प्रकाशित
४५४ पाठक संख्या



श्रावण १४, वीरगञ्ज :

पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ बाट १ जना भारतीय किशोरीको उद्दार गरिएको छ । स्थानीय जंगलमा अन्दाजी २२ वर्षीय एक युवकसँगै भेटिएकी १६ वर्षीय किशोरीलाई ठोरी १ का वडाध्यक्ष धनमान थापाको पहलमा उद्दार गरिएको हो ।

युवती र युवकका अभिभावकले ठोरी १ का वडाध्यक्ष थापालाई आफ्ना छोराछोरी ठोरीतिरै आएको जानकारी दिएपछि खोजी गर्दा त्यहिको एक जङ्गलमा फेला पारेको अध्यक्ष थापाले बताए  ।
उनीहरूलाई फेला पारेपछि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ ।

ती युवकले किशोरीलाई ललाइफकाई ठोरीसम्म ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उद्दार गरिएकी किशोरीलाइ  परिवारका सदस्यलाई जिम्मा लगाइएको छ ।

Write your Comment