महिला पत्रकारको लागि मानव अधिकार सम्बन्धी प्रशिक्षण

रातोघर

 २३ श्रावण २०७९, सोमबार १७:०८  मा प्रकाशित
१२५ पाठक संख्या



बाराको सिमरामा मानव अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार पत्रकार संघ (हुर्जा) ले मधेश प्रदेशका आठ वटै जिल्लाका १६ जना महिला पत्रकारका लागि प्रशिक्षणको आयोजना गरेको हो ।
खोज पत्रकारिता केन्द्रकी पूर्वअध्यक्ष नम्रता शर्मा, इकागज अनलाईका प्रधान सम्पादक हरिबहादुर थापा, हुर्जाका अध्यक्ष घनश्याम खड्का लगायतले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

मानव अधिकारसँग जोडिएका विषयको उठानसंगै प्रशिक्षण कार्यक्रममा महिलाका चुनौती, अवसरलगायतका विषयमा छलफल गरिएको प्रशिक्षणमा सहभागी ईशिलालेख अनलाईन एवम् रेडियो आकाशवाणीमा कार्यरत निलिशा वर्माले जानकारी दिइन् ।
उनका अनुसार सहभागीहरुले आआफ्ना जिल्लामा देखिएका समस्या र महिला पत्रकारहरुले सामना गर्दै आएका चुनौतीको बारेमा समेच चर्चा गरिएको थियो ।
     

Write your Comment