प्रथम पथलैया यु२० नकआउट फूटवल प्रतियोगिताको क्वार्टरफाईनलमा राईजिङ स्टार क्लब प्रवेश

रातोघर

 २०७९ श्रावण २८, शनिबार  मा प्रकाशित
७४५ पाठक संख्या


राईजिङ स्टार क्लब निजगढ पथलैयामा जारी प्रथम पथलैया यु२० नकआउट फूटवल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

पथलैयामा शुक्रवार भएको अन्तिम प्रिक्वार्टरफाईनल खेलमा राईजिङ सहारा क्लब चकरीलाई ३-० ले पराजित गर्दै निजगढ अन्तिम आठमा प्रवेश गरेको हो ।

निजगढको जितमा विकास दर्लामी मगर, विवेक सारु मगर र निरञ्जन फुयालले समान एक-एक गोल गरे । खेलको म्यान अफ दि म्याच समिर माझी घोषित भए । उनलाई होलि गार्डेन इङलिस स्कुलका प्रधानाध्यापक भुवन चाम्लिङ राईले पुरस्कार वितरण गरे ।

प्रतियोगिता अन्तर्गत शनिवारदेखी क्वार्टरफाईनलका खेल सुरु हुदैछन् । पहिलो क्वार्टरफाईनल खेलमा न्यु सुन्दर बस्ती क्लब र न्यु हिमाल क्लब निजगढबीच खेल हुनेछ । सुन्दरबस्तीले जीतपुर युथ क्लब र हिमाल क्लबले सिद्धबाबा युवा क्लबलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो ।

युवा जागरण क्लब र दिब्य ज्योती क्लबको संयुक्त आयोजनामा साउन २० गतेदेखी जारी प्रतियोगितामा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले २० हजार प्राप्त गर्नेछन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban