अस्ट्रेलियामा बसोबास गर्ने बाराका युवाहरुको सहयोग: दुई विद्यालयमा प्रविधीका सामान

रातोघर

 २० भाद्र २०७९, सोमबार २१:४७  मा प्रकाशित
९१८ पाठक संख्या



२०७९ भाद्र २० सोमवार, बि.पी.भट्ट/ बारा जिल्ला घर भई हाल अस्ट्रेलियामा बसोबास गर्ने बाराका युवाहरुले जीतपुरसिमरा उपमहानगरपालिकाको दुई विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । बाराको औराहा निवासी रमेश सोडारी र उनको श्रीमती डोनाल खड्का सहितको टोली केहि दिनअघि मात्र नेपाल आएका छन् ।

नेपालमा रहेका सोडारी दम्पती सहितको टोलीले सरकारी विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् । उच्च शिक्षा अध्ययन गर्न गएका र रोजगारीको शिलशिलामा अस्ट्रेलियामा बसोबास गर्दै आएका बाराका युवाहरुले सहयोग संकलन गरी विद्यालयलाई जिन्सी सामान सहयोग गरेका हुन् ।

सोमवार एक कार्यक्रमका बिच जीतपुरसिमरा वडा नं.१५मा रहेको जनकल्याण आधारभुत बिद्यालयलाई ८ थान कम्प्युटर र जीतपुरसिमरा वडा नं.४ श्री ने.रा.मा.वि. फरदहवालाई एक थान प्रोजेक्टर र एक थान कम्प्युटर हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक अरुण गौतमले जानकारी दिए ।

न्युनतम स्रोत भएको सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पनी प्रविधि बारे सिक्न पाउने अवसर बनोस् भन्ने उदेश्यले अस्ट्रेलियामा बसोबास गर्ने बाराका युवाहरु मिलेर करिब २ लाख २० हजार बराबरको शैक्षीक सामाग्री वितरण गरेको डोनाल खड्काले बताईन् ।

अति बिपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयलाई लक्षित गरी शैक्षीक सामाग्री हस्तान्तरण गरेकोमा जीतपुरसिमरा वडा नम्बर ४का वडाअध्यक्ष भोज बहादुर खत्री (ईश्वर)ले बारा जिल्ला स्थायी घर भई अस्टे«लिया बस्ने नेपालीहरुले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

खत्रीले नेपाली युवाहरुले गरेको प्रविधी मैत्री सहयोग प्रशंसनीय रहेको भन्दै खुशी व्यक्त गरेका थिए ।

Write your Comment