चलाउनेको मस्टा ग्रुपको १ बर्षमा २ अर्ब बढीको कारोबार: बारा,पर्सामा ५० करोडको नयाँ लगानी

रातोघर

 २८ भाद्र २०७९, मंगलवार १३:४२  मा प्रकाशित
३२५ पाठक संख्या



२८ भाद्र २०७९,बारा – खाद्यान्न आयात र ट्रेडिङमा सक्रिय रहेको मस्टा ग्रुप प्रा.लि.ले एक बर्षमा आफ्नो कारोबारमा छलाङ्ग मारेको छ । कम्पनीले राजहंस तेल र रोयल भोग ब्राण्डका खानेतेल, चामल, गेडागुडी, मकै, गहुँ लगायतका अन्य खाद्यान्न सम्बन्धीका बस्तुहरुको उत्पादन गरी नेपालभर र विदेशमा समेत बिक्रि वितरण गर्ने गर्दछ ।

कम्पनीले २०२१ र २०२२ मा २ अर्ब २ करोड ७० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गर्ने रेटिङ एजेन्सी इन्फोमेरिक्स रेटिङ्स नेपालले जनाएको छ । २०२१ मा कम्पनीले जम्मा ५० करोड ६० लाखको मात्र कारोवार गरेकामा यो एक बर्षमा ठुलो कारोवार गर्न सफल भएको हो ।

कम्पनीले १ अर्ब २७ करोड ५६ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ । १८ करोड ५० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी र १ अर्ब ९ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ पाएको छ ।

कम्पनीले हालसालै आफ्नो कृषि उत्पादन बढाउन बारा,पर्सा र रौतहट जिल्लामा ५० करोडभन्दा बढीको नयाँ लगानी गरेको कम्पनीका अध्यक्ष जीवन चलाउनेले बताए । कम्पनीमा ३ जनाको टिम रहेको छ । कम्पनीका अध्यक्ष जीवन चलाउने हुन् भने जगत बहादुर धामी र श्याम थापा कम्पनीका निर्देशक हुन् ।

Write your Comment