मोरङ्गलाई मन्जुदेबी गुप्ता स्मृती भेट्रान कपको उपाधि

रातोघर

 १ आश्विन २०७९, शनिबार २०:०२  मा प्रकाशित
९७ पाठक संख्या



सिमरा ।

बाराको सिमरा रंगशालामा सम्पन्न मन्जुदेबी गुप्ता स्मृती दोश्रो अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि मोरङ्गको जहदा भेट्रान क्लबले जितेको छ ।
चितवन भेट्रानलाई शनिवार भएको फाइनल खेलमा २—० ले हराउँदै मोरङ्गले उपाधि जितेको हो ।

मोरङ्गको जितमा खेलको पहिलो हाफमा डेनिम राई र दोश्रो हाफमा विनोद धिमालले समान एक गोल गरे । खेलमा थुप्रै सुन्दर अवसर सिर्जना गरेपनि फिनिसिंङमा चुक्दा चितवन उपविजेतामा सिमित बन्यो । प्रतियोगिताको विजेताले एक लाख पचास हजार र उपविजेताले ७५ हजार नगद र ट्रफी प्राप्त ग¥यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई घोषित भए । अन्य विधागत पुरस्कार तर्फ गोलरक्षक मोरङका मिनबहादुर बस्नेत, डिफेन्स मोरङकै रमेशकुमार बस्नेत, मिडफिल्डर चितवनका यमु राना र उच्च गोलकर्ता सिमराका गोपि भट्ट घोषित भए ।

प्रतियोगिताका विजेता, उपविजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई कार्यक्रमका प्रमूख अतिथी नेपाली काँग्रेस बाराका यूवा नेता श्यामबाबु गुप्ताले शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Write your Comment