हुलास स्टिल सिमरालाई एक महिनाको अल्टिमेटम, पुरा होला त स्थानियको माग?

रातोघर

 २०७९ आश्विन ३, सोमबार  मा प्रकाशित
१३६२ पाठक संख्या


बि.पी.भट्ट,सिमरा ।  बाराको सिमरामा रहेको हुलास स्टिल ईन्डष्टिज् लि.बाट निस्किएको प्रदुषणको विरुद्धमा स्थानियले गरेको आन्दोलन रोकिएकोे छ । उद्योग सँग बिभिन्न माग राखि गत विहिबार देखी स्थानिय बासिन्दा आन्दोलनमा उत्रिएको थियो । उद्योगबाट निस्किएको केमिकल जन्य पदार्थ बाट बस्तिमा प्रदुषण फैलाएको,उद्योगले समय समयमा ग्यास लिक गरेर प्रदुषण फैलाएको, उद्योगले भाइब्रेशन नियन्त्रण गर्न नसकेको,बस्ती जोडिएको स्थानमा उद्योगले १२ फिट अग्लो पर्खाल लगाएको जस्ता समस्या देखाएर स्थानिय आन्दोलनमा उत्रिएका हुन् ।

समस्याको समाधानको लागि उद्योगले तत्काल प्रदुषण नियन्त्रणको उपाय अपनाउनु पर्र्ने माग राखि स्थानिय बासी आन्दोलन गर्न बाध्य भएको स्थानिय तथा आन्दोलनकी अगुवाकर्ता सुरक्षा थापा कार्कीले बताईन् । ४ दिन पुग्दासम्म स्थानियले उद्योग सञ्चालनमा अवरोध पुराएपछि जिल्ला प्रशासन कार्यालय बाराको पहलमा आईतवार ईलाका प्रहरी कार्यालय सिमरामा त्रिपक्षीय बार्ता गरिएको थियो । स्थानिय बासीका प्रतिनिधी,उद्योग प्रशासनका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख तथा प्रतिनिधीहरु र उपमहानगरपालिकाको जनप्रतिनिधी बिच बार्ता भएको थियो ।

उद्योगले स्थानियको माग उद्यारोमा सम्बोधन गरेको छ । उद्योगबाट लिक हुने ग्यास नियन्त्रण गर्ने, चम्नि हटाउने, ग्यासको टयांकी अनेत्र सार्ने, भाईब्रेसन कन्ट्रोल गर्ने,सिआरएस गर्ने, बस्तीसँग जोडिएको १२ फिटको पर्खाल लाई ६ फिटमा झार्ने लगायतको स्थानियको माग उद्योग प्रशासनले एक महिना भित्र सम्बोधन गर्ने सर्तमा उद्योग सञ्चालन गर्न दिएको आन्दोलनको अगुवाकर्ता सुरक्षा थापा कार्कीले बताईन् ।

स्थानियले एक महिना भित्र समस्या समाधानको सुनवाई नभए स्थानिय बासिन्दा दोस्रो चरणको आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । हुलाश स्टिलको तर्फबाट बार्तामा बसेका प्रशासनका अखिल कुमार सिंले उद्योग स्थानियको स्वास्थ्य प्रति गम्भिर रहेको बताए । पहिलेको तुलनामा अहिले उद्योगले ७० प्रतिशत भन्दाबढी प्रदुषण नियन्त्रण गरि सकेको र केही प्राविधीक रुपमा लिक भएका ग्यास नियन्त्रणमा उद्योगले तत्काल सजग भएर काम गर्ने बताए । हामीले एक महिनाको समय मागेका छौं हामी त्यो भन्दा अगाडीनैं स्थानियको माग सम्बोधन गर्ने छौं सिंले रातोघर सँग कुरा गर्दै आफ्नो प्रतिवद्धता जनाए ।

उद्योगको पदुर्षणबाट बस्तीमा साना बच्चाहरु र बृद्धबृद्धा हरुलाई श्वासप्रश्वासमा समस्या देखिएको,ग्यास तथा केमिकलको कारण जुनसुकै समयमा मानिसलाई अनावश्यक खोकी लाग्ने, खोक्दा खोक्दै ज्वरो आउने, घरपालुवा जिवजन्तु विरामी हुने, पटक पटक बाख्राहरु मर्ने जस्ता समस्याले स्थानिय बर्षौ देखि पिडित रहेको स्थानिय मोहन कार्कीले बताए । यस अघिपनी हुलास स्टिलबाट निस्किने पानीले सिमरादेखी जितपुर आसपासका नगरबासी पिडित रहेको समाचार आउने गरेको थियो ।

बार्तामा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल,उपप्रमुख भोला अधिकारी,प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, नेपाल प्रहरी कार्यालय बाराका जिल्ला प्रमुख एस.पी. होविन्द्र वोगटी,शसस्त्र प्रहरी बाराका जिल्ला प्रमुख एस.पी. राजेन्द्र थापा,ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डि.एस.पी. युवराज तिमल्सिना,जीतपुरसिमरा वडा नं.१ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ्ग तथा वडा सदस्यहरु, वडा नं.२ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ तथा वडा सदस्यहरु,वडा नं.४का वडा अध्यक्ष भोज बहादुर खत्री ईश्वर आन्दोलनमा रहेका स्थानिय बासी,हुलाश स्टिलका प्रशासनका कर्मचारीहरु लगायतका ब्यक्तिहरु बार्तामा बसेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban