ईप्रका सिमराको नव निर्मित दुर्गा भगवती मन्दिर उद्घाटन,३१ लाख सहयोग गर्ने दाताहरु को को छन् हेर्नुहोस्

रातोघर

 १० आश्विन २०७९, सोमबार १७:१०  मा प्रकाशित
६८७ पाठक संख्या



सिमरा । इलाका प्रहरी कार्यालय सिमरा को प्रांगणमा ३१ लाख बराबरको लागगमा निर्मित गरिइको दुर्गा भगवती मन्दिरको आज उद्घाटन गरिएको छ । बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको प्रमुख आतित्यथामा आज एक कार्यक्रमका वीच मन्दिरको उद्घाटन गरिएको हो ।

मन्दिर निर्माण समितिका अध्यक्ष सञ्जय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी प्रमुख बोगटीले जुनसुकै बेला पनि नेपाल प्रहरी जनताको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । जसको कोही छैन उसको नेपाल प्रहरी छ भन्ने आफ्नो मुल नारा भएको बोगटीले बताउनु भयो । उहाँले समुदाय र प्रहरीको सहकार्यमा समाज र राष्ट्रलाई अपराध मुक्त बनाउन सकिने धारणा राख्नुभयो ।

बिभिन्न दाताको सहयोगमा करिब ३१ लाख रुपियाँको लागतमा दुर्गा मन्दिर निर्माण भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेनाले बताउनुभयो ।

कार्यक्रममा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहनशर्मा लामिछाने, नेपाल पत्रकार महासँघ बाराका अध्यक्ष रेशम तिवारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जीतपुरसिमरा उपमहानगर पालिकाका वडाध्यक्षहरु, मन्दिर निर्माणमा सहयोग गर्नेहरु, मन्दिर निर्माण समितिका सदस्यहरु, स्थानीय तथा सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्दिर निमांणमा सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक राजकिशोर तेलीले गर्नुभएको थियो ।

हेर्नुहोस् दाता विवरण सहितको नामवली

Write your Comment