बुटवल :रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागेका छन्। सोमवार बिहान सुधार गृहबाट ५ जना किशोर भागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
फौजदारी मुद्दामा दोषी प्रमाणित भएका १८ वर्ष उमेर नपुगेका किशोरहरु बाल सुधार गृहमा थिए। सुधार गृहबाट भागेका ५ जनामध्ये नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एकरएक जना छन्।
भागेकाहरुमा ३ जना जबरजस्ती करणी, एकजना चोरी र अर्का एकजना लागुऔषध मुद्दामा सुधार गृहमा थिए। उनीहरुले झ्यालको डण्डी काटेर भागेको प्रहरीले जनाएको छ।
भागेकाहरुको खोजतलासका लागी प्रहरी परिचालन गरीएको भएपनि हालसम्म फेला नपरेको प्रहरी प्रवक्ता अर्यालले बताए। सुधार गृहको सुरक्षाका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ। ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना किशोरहरू बस्दै आएका छन्।
रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागेका छन्। सोमवार बिहान सुधार गृहबाट ५ जना किशोर भागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
फौजदारी मुद्दामा दोषी प्रमाणित भएका १८ वर्ष उमेर नपुगेका किशोरहरु बाल सुधार गृहमा थिए। सुधार गृहबाट भागेका ५ जनामध्ये नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एकरएक जना छन्।
भागेकाहरुमा ३ जना जबरजस्ती करणी, एकजना चोरी र अर्का एकजना लागुऔषध मुद्दामा सुधार गृहमा थिए। उनीहरुले झ्यालको डण्डी काटेर भागेको प्रहरीले जनाएको छ।
भागेकाहरुको खोजतलासका लागी प्रहरी परिचालन गरीएको भएपनि हालसम्म फेला नपरेको प्रहरी प्रवक्ता अर्यालले बताए। सुधार गृहको सुरक्षाका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ। ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना किशोरहरू बस्दै आएका छन्।

Write your Comment