सरकारले आजबाट ५ वर्षभन्दा मुनि उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।
महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरेको छ । आज खान छुटेकाहरुलाई भोलि खुवाउन सकिने जनाएको छ ।
दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी, १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।
यो कार्यक्रमका लागि देशभरका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिने जनाइएको छ ।
Write your Comment