

सिरहा :
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार–८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् ।
घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीका अनुसार, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई उपचारको लागि विराटनगर पठाइएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





Write your Comment