तिहारमा प्रतिबन्धित प्लास्टिकका फूलमाला बिक्री हुँदै, विभागको चेतावनी : एक लाखसम्म जरिवाना गर्छौं

रातोघर

 २०७९ कार्तिक ३, बिहिबार  मा प्रकाशित
३७४ पाठक संख्या


काठमाडौं : प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण वा भण्डारण गरे १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले यसअघि नै सूचना जारी गर्दै आयात, बिक्री वितरणमा रोक लगाएको थियो। तिहारमा सरकारले प्लास्टिकका उत्पादन बिक्री र खरिदमा कडाइ गर्न लागेको हो।

सरकारले गत साउनमा राजपत्र प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री,वितरण वा भण्डारणमा रोक लगाएको थियो। तर, तिहार र छठ नजिकिएसंगै बजारमा प्लास्तिकजन्य फूलमालाहरु बिक्रीका लागि राखेको देखिएको छ।

सोही कारण वातावरण विभागले सार्वजनिक सुचना निकालेर तिहार र छठजस्ता पर्वहरुमा प्लास्तिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गरेको छ।अनुगमनका क्रममा निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा ९४० को खण्ड ९क० वा ९ख० बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा ९२० बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सुचनामा उल्लेख छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban