नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बाराका २ खेलाडीले शारीरिक सुगठनतर्फ जिते पदक

रातोघर

 ३ कार्तिक २०७९, बिहीबार १८:४९  मा प्रकाशित
३८४ पाठक संख्या



पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एकैवडाका दुई खेलाडीले शारीरिक सुगठनतर्फ रजत पदक जितेका छन् । बाराको परवानीपुर गाउँपालिपा– ३ लिपनीमालनिवासी सन्नी आजम र किरण यादवले रजत पदक जितेका हुन् ।

मधेस प्रदेशको तर्फबाट सहभागी भएका ७० किलो तौल समूहमा यादव र ७५ किलो तौल समूहमा आजमले रजत पदक जितेका हुन् । यादव वीरगन्जमा पब्लिक फिटनेस सेन्टर सञ्चालन गर्दै आएका छन् । उनले सन् २०१६ मा मिस्टर वीरगन्जको उपाधिसमेत जितेका थिए । त्यसबाहेकका विभिन्न राष्ट्रियस्तरको प्रतियोगितामा पनि उनले पदक जित्दै आएका छन् ।

आजम बाराको परवानीपुरमा ग्यालेक्सी फिटनेस सेन्टर सञ्चालन गर्दै आएका छन् । उनी यसअघि धर्मश्री शारीरिक सुगठन प्रतियोगिता टप छैटौँ भएका थिए ।

शारीरिक सुगठनमा रजत पदक विजेता आजम र यादवलाई जिल्लामा भव्य स्वागत भएको छ । उनीहरूलाई अलग–अलग गाडीमा राखेर वीरगन्ज परिक्रमा गराइएको छ ।

उनीहरूलाई शारीरिक सुगठनमा लागेका युवा, शुभचिन्तक र शुभेच्छुकहरले पनि बाजागाजासहित भव्य स्वागत गरेका छन् । पर्साका स्थानीयको माया र साथ पाएकै कारण विजयी भएको भन्दै यादवले सफलताको श्रेय पर्साका स्थानीयलाई जाने बताए ।

 

Write your Comment