पथलैया आसपासमा जंगली हात्तीको आतंक

रातोघर

 ६ कार्तिक २०७९, आईतवार १२:५१  मा प्रकाशित
१९८ पाठक संख्या



पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रबाट जंगली हात्ती शनिवार राती बस्तीमा पसेपछि पथलैयाका स्थानीय आतंकित हुन पुगेका छन् ।

जीतपुरसिमरा १ पथलैयास्थित पुल पारी टोलमा राती १ बजे जंगली हात्ती बस्ती पसेको हो । हात्ती बस्ती पसेपछि गाँउका स्थानीय अत्तालिन पुगेका थिए ।

स्थानीयले हात्ती बस्ती पसेको खबर दिएपछि प्रहरी पुगेको थियो । लामो समयपछि पथलैयाको बस्तीमा हात्ती देखिन थालेपछि स्थानीय भने त्रसिद हुन थालेका छन् ।

बस्तीमा हात्ती देखेपछि होहल्ला गर्दै हात्ती भगाउने प्रयास गरेको स्थानीयले जानकारी दिए । स्थानीयको होहल्लापछि हात्ती सिमरातर्फको जंगल पसेको थियो ।

यसअघि शनिवार दिउँसो पथलैया–अमलेखगंज सडकखण्डमा हात्ती निस्कदा सवारीसाधन केही समय रोकिन पुगेको थिए ।

Write your Comment