महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे सम्झनामा बाराकाे सिमरामा साहित्यकार र जनप्रतिनिधिबीच संवाद तथा रचना बाचन गरि जन्मजयन्ती मनाईएकाे छ ।
सिमरा साहित्य समाजकाे आयाेजनामा ११४ ओैं लक्ष्मी जयन्तीकाे अवसरमा महाकवि स्मृति तथा रचना बाचन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पाैडेलले साहित्यलाइ विद्यालयस्तरबाट विकास गर्ने गरि याेजना बनाईएकाे बताए । उनले जीतपुरसिमरालाइ साहित्यबाट पहिचान बनाउन साहित्य समाजसंग सहकार्य गर्न नगरपालिका तत्पर रहेकाे प्रतिवद्वता जनाए ।
कार्यक्रममा नगरपालिकाका उपमेयर भाेलाप्रसाद अधिकारी, सिमरा साहित्य समाजका अध्यक्ष सालिकराम अधिकारी, संस्थापक रामप्रसाद अधिकारी लगायकाे कार्यक्रमको सहजिकरण सीता अधिकारीले गरेकी थिईन् । कार्यक्रममा राजश्री बराल, राघब उपाध्याय, रामप्रसाद पाेखरेल, प्रितम बास्ताेला, प्रदिप धन्नजय, नारायणदत्त पाैडेल, रामप्रसाद अधिकारी लगायतले रचना बाचन गरेका थिए । कार्यक्रममा हाेटल तथा पर्यटन व्यवसायि माेहन शर्मा, सञ्चारकर्मी महेश्वर अधिकारी, विदुर खड्का, सारदा पाेखरेल, राजमणी बराल, समाजका गिता शर्मा, ईश्वर ढुंगेल लगायतको उपस्थिति रहेकाे थियाे ।
Write your Comment