खरना विधि गरि छठको दोस्रो दिन मनाइदै

रातोघर

 १२ कार्तिक २०७९, शनिबार १३:३५  मा प्रकाशित
२७८ पाठक संख्या


सिमरा :     छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ ।सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी सूर्य भगवान एवम् दिनानाथको पूजा गरी निष्ठापूवर्क मनाइने छठको दोस्रो दिन खरना विधि सम्पन्न गरिनेछ ।

खरनाका दिन व्रतालुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर,केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसरी खरना विधि सम्पन्न हुन्छ।

छठपर्वको पहिलो दिन शुक्रबार नहायखाय विधि सम्पन्न गरिएको थियो । कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथीका दिन बिहान व्रतालुहरुले विहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए। त्यो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्।

त्यस्तै षष्ठी तिथी अर्थात पर्वको तेस्रोदिन अस्ताउँदो सूर्य र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन हुन्छ। अत्यन्तै निष्ठा र कठोर पर्वको रुपमा मानिने छठमा ब्रतालुहरु खरनाको दिनदेखि निराहार व्रत बस्छन् ।
चारदिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुने गर्दछ ।

Write your Comment