जीतपुरसिमरा ३ मा निशुल्क स्वास्थ्य शिविर

रातोघर

 २०८० जेष्ठ १४, आईतबार  मा प्रकाशित
५४८ पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालिका ३ ले आफ्नो वडामा महिनामा २ पटक आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत जेठ महिनामा निःशुल्क मुटु रोग सम्बन्धित शिविर शनिबार सम्पन्न गरेको छ ।

वडाले आफ्नै बजेटबाट फागुन २६ गते देखि नै निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको हो । शिविरमा वडाका १२५ बिरामीले सेवा लिएका छन् ।

बिशेषगरी वडाका बिपन्न परिवारलाई लक्षित गरी आफ्नै स्वास्थ्य चौकीमा सबैखाले ल्याव सेवा र औषधीको ब्यवस्थापन गरेको वडाका अध्यक्ष तारा बहादुर कार्कीले जानकारी दिए ।

उनले वडामा बिशेषगरी स्वास्थ्य र शिक्षा क्षेत्रमा ध्यान पुर्याएको बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban