

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीका २ सिमरा स्थित मुख्य चौकमा रहेको निम्स अस्पताल बन्द गर्न उपमहानगरले पत्राचार गरेको छ ।
केही दिन अगाडी बिभिन्न संचार माध्यममा १५ शैयाको अनुमती पाएको निम्स अस्पताल मापदण्ड बिपरित दुई सटरमा संचालनमा रहेको भन्ने समाचार प्रकाशन भएसंगै नगरपालीकाले सो अस्पतालको अध्ययन शुरु गरेको थियो ।
अस्पतालका संचालक आजम हुसेनले बिरामीको अन्धाधुन्ध उपचार गरेको भन्दै प्रहरीमा समेत उजुरी परेको खुल्न आएपछी उनले एक बिरामीलाई एक लाख जरिवाना समेत चेक मार्फत भुक्तान गरेका थिए ।
मंगलबार नगरपालीकाले पत्रचार गरी सो अस्पतालको सबै सेवा बन्द गर्नु भनी पत्राचार गरेको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।
यसैबिच जीतपुरसिमरा ७ जीतपुरबाट संचालनमा रहेको राव नर्सिङ्ग होस प्रा.ली. समेत बन्द हुने भएका छ । उपमहानगरले अस्पतालको मापदण्ड पुरा नभएको भन्दै सबै सेवा बन्द गर्न निर्देशन दिएको हो ।





Write your Comment