जीतपुरसिमरा : नगरका आयोजनामा तपाईको कुनै गुनासो छ ? सिधै उजुरी गर्नुस् , नाम गोप्य रहन्छ

रातोघर

 २०८० जेष्ठ २३, मंगलबार  मा प्रकाशित
७४६ पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरका आयोजना र कार्यक्रमहरु प्रति जनगुनासो बढ्न थालेको भन्दै नगरपालीकाले बिज्ञप्ती निकाल्दै आम नगरवासीलाई उजुरी गर्न आग्रह गरेको छ ।

कुनैपनी आयोजना वा कार्यक्रम नियम बिपरित भएको वा अनियमित्ता भएको पाए जो कोहीले पनी प्रमुख प्रसासकिय अधिकृत हरिलाल पुरीलाई गुनासो गर्न आग्रह गरिएको छ ।

कतिपय मौखिक गुनासोहरु प्रमाणका रुपमा नरहने भएकाले लिखित उजुरी दिन आग्रह गरिएको छ । त्यस्ता लिखित उजुरीहरु उपर तुरुन्त कारवाही गर्ने र आयोजना वा कार्यक्रमको भुक्तानी रोक्ने भन्दै नगरपालीकाले आधिकारिक रुपमा बिज्ञप्ति निकालेको छ ।

बिज्ञप्ति अनुसार प्रमुख पुरीको मोवाइल नम्बर ९८५५०७५१११ मा ह्वाटस् एप गर्न सकिने वा उपमहानगरको मेलमा इमेल गर्न सकिने भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban