जीतपुरसिमराका चार ठुला आयोजना राष्ट्रिय योजना आयोगको सुचीमा

रातोघर

 २०८० जेष्ठ २३, मंगलबार  मा प्रकाशित
४३० पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालिकाले माग गरेको चार वटा ठुला आयोजना राष्ट्रिय योजना आयोगको सूचिमा परेको छ । आयोगले आर्थिक वर्ष २०८०।८१ का लागि बजेट विनियोजन गर्ने क्रममा जीतपुरसिमराबाट माग भएको चार योजना छनौट गरेको हो ।

आयोगले छनौट गरेको चार योजनामध्ये दुई वटा कालोपत्रे सडक र दुई वटा सिँचाइ सम्बन्धि रहेको छ । उपमहानगरपालिकाले पुस अन्तिम साता आयोगलाई पत्राचार गर्दै १० वटा आयोजना माग गरेको थियो ।
योजना आयोगले प्रस्ताव पेश गर्न माग गरे बमोजिम उपमहानगरपालिकाले पुस २९ गते १० वटा विभिन्न योजना समेटेर लागत अनुमानसहित आयोजना माग गरेको थियो । उपमहानगरपालिकाको कार्यालयबाट योजना छनौट भएपछि प्रशासकीय अधिकृत बालाराम खड्काले आयोगमा पत्राचार गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban