

सिमरा ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले कक्षा ८ को परीक्षाको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको छ ।
नगरले पहिलो पटक नगरभरीका बिद्यालयको कक्षा ८ को परिक्षा आफैले संचालन गरेको थियो । मंगलबार नगरले १५ लाख २ हजार २ सय ७५ रुपियाँ खर्च विवरण सार्वजनिक गरेको हो ।
परिक्षा प्रणाली र पठनपाठनलाई ब्यवस्थित बनाउन लागी परेको उपमहानगरले कक्षा ५ को परिक्षा पनी नगरस्तरिय संचालन गर्ने तयारीमा छ ।
नगरको आफ्नो वेवसाइट र सामाजिक संजाल फेसवुक मार्फत सार्वजनिक गरिएको विवरणमा परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, परीक्षा अनुगमन खर्चलगायत १२ वटा शीर्षकमा रकम निकासा गरिएको जनाइएको छ । आधारभूत तहको यसरी परीक्षा सम्पन्न भएपछि खर्च विवरण सार्वजनिक गरेको सम्भवत यो पहिलो पटक हो ।
पालिकाभित्र रहेका २८ संस्थागत विद्यालयबाट परीक्षा फाराम दस्तुर बापत उठाइएको करिब ४ लाख रुपैँया सहित बाँकी खर्च उपमहानगरकै आन्तरिक श्रोतबाट जुटाइएको नगरपालिकाले बताएको छ ।






Write your Comment