अझै पाँच दिनसम्म तराईमा ‘लू’ जारी रहने

रातोघर

 २०८० जेष्ठ २५, बिहिबार  मा प्रकाशित
४३६ पाठक संख्या


काठमाडौं । 

अझै पाँच दिनसम्म तराईमा ‘लू’ जारी रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार तातो दिन तथा लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै देशका तराई भूभागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने जानकारी दिएको हो।

साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने छ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले अनुरोध गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban