प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन

रातोघर

 २०८० जेष्ठ २७, शनिबार  मा प्रकाशित
३१८ पाठक संख्या


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको दर्शन गरेका छन्।

शनिबार साँझ उनी गौशालास्थित पशुपतिनाथ मन्दिर पुगेर फर्किएको सचिवालय स्रोतले जानकारी दिएको छ।

‘उनले दर्शन र अवलोकन गर्नुभएको हो,’ स्रोतले भन्यो।

प्रधानमन्त्री प्रचण्ड केहीसमयअघि मात्रै भारत भ्रमणबाट फर्किएका थिए। उनले भारतको उज्जैनस्थित मन्दीरमा पुजा समेत गरेका थिए।

गैरू वस्त्र लगाएर पुजा गरेको तस्बिरहरू बाहिरिएपछि उनको आलोचना समेत भएको थियो। भ्रमणपछि नेपाल फर्किँदा आफू कम्युनिष्टसँगै प्रधानमन्त्री पनि भएकाले कूटनीतिका लागि पुजा गरेको बताएका थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban