

सिमरा ।
बारामा सशस्त्र प्रहरीको टोलीद्वारा स्रोत नखुलेको १५ लाख सहीत एक जना नियन्त्रणमा लिइएको छ ।
मंगलबार बाराको विश्रामपुर गाउँपालीका १ पोखरिया नाकामा सशस्त्र प्रहरीको १२ नम्बर गण मातहत विओपी बरैनियाको टोलीले स्रोत नखुलेको १५ लाख सहीत एक जना नियन्त्रणमा लिइएको छ ।
विषेश सुचनाको आधारमा चेकजांच गर्दा नेपाल तर्फ आउदै भारतिय नम्बरको मोटरसाइकलमा सवार ब्यक्तिको साथबाट सो रकम भेटिएको हो ।
श्रोत नखुलेको नेपाली रुपैया रु १५,००,०००।– पन्ध्र लाख संगै मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।
निजलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।






Write your Comment