

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बाराको अमलेखगञ्ज स्थित होटल क्युटवान्टीमा आठौं नगर सभाको पहिलो बैठक (नीति तथा कार्यक्रम अनुमोदन कार्यक्रम ) सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम घोषणा गरेका हुन् ।
कार्यक्रममा नगरले एक वर्षे जनप्रतिनिधिको कार्यकालमा गरेका काम र आयोजनालाई २२ बुदामा समेटेको छ । उपमहानगरको कार्यसम्पादनमा सरलता ल्याउन भन्दै ८ वटा ऐन, १४ वटा कार्यविधि र ३ वटा निर्देशिका गरी २५ वटा स्थानिय कानून बनाईसकेको नगरले बनेको कानून कार्यान्वायनमा ल्याउन पनी यसैवर्षदेखी कसरत्मा लाग्ने भनिएको छ ।

नगरले आवधिक योजनाको प्रारम्भिक मस्यौदा तयार, सामुदायिक बिद्यालय समायोजन, दरवन्दी मिलान, पहिलो पटक हिउँदे नगरसभा, सार्वजनिक जग्गा संरक्षण अभियान, काठमाण्डु महानगरसंग भगीनी सम्बन्धको प्रकृया, भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा धनी बितरणको प्रकृयाको सुरुवात लगाएतका काममा नगरले एक वर्ष खर्चिएको भन्दै नगर प्रमुख पौडेलले आगामी वर्ष नीति तथा कार्यक्रममा समेटिएका आयोजनालाई पुर्ण कार्यान्वयनमा जोड दिने बताए ।
यसैगरी नगरले यो वर्ष नगरको सेवा प्रवाह नीतिमा प्रभावकारीता ल्याउने भएको छ । राजश्व तथा आर्थिक प्रशासनको क्षेत्रमा पनी महन्वकाँक्षी नीति बोकेको नगरले स्वास्थ्य , शिक्षा, पुर्वाधार विकास, सहकारी सुसासन र फोहरमैला व्यवस्थापनमा बिशेष नीति लिएको छ ।

महिला पुनः स्थापना केन्द्र स्थापना गरिने
नगरले महिला पुनः स्थापना केन्द्र स्थापनाको लागी नीति बनाएको छ । महिला हिंसा वा कुनैपनी दमन वा अन्याममा परेका महिलाहरुको ब्यवस्थापनका लागी यो नीति बनाएको हो । कुनैपनी कारणले हिंसापछी मानसिक रुपमा बिछिप्त भएका महिलाहरुलाई यो केन्द्रले संरक्षण गर्नेछ ।
त्यसैगरी नगरका महिलाहरुको हकहित र कुनैपनी सामाजिक मानसिक समस्यामा परे पुनः स्थापना केन्द्रद्धारा उपचार पद्धतीको ब्यवस्था मिलाउने गरी नीति बनाइएको हो ।
नगरमा अन्यायमा परेका वा पारिएका, घरबार बिहिन वा कुनैपनी कारणबाट बिस्थापित भएका महिलाहरुको ब्यवस्थापनका र न्याय सम्पादनका क्रममा अनुसन्धान वा अन्य कुनैपनी कारणले थुनामा राख्नुपरे पनी यो केन्द्रले सुरक्षा प्रत्याभुती सहित ब्यवस्थापन गर्ने छ ।
स्वयमसेवक शिक्षक भर्ना
नगरले सामुदायिक बिद्यालयको ब्यवस्थापनमा पनी आगामी वर्ष बिशेष योजना बनाएको छ । दरवन्दी मिलान र बिद्यालय मर्जरको अभियान संचालन गरिसकेको नगरले यो वर्ष नगरका बिद्यालयमा रिक्त रहेका वा अस्थाई रुपमा नियुक्त भएका शिक्षकहरुको ब्यवस्थापनका लागी स्वयम सेवक शिक्षक नियुक्त गर्ने भएको छ ।
सामुदायिक बिद्यालयको लेखा व्यवस्थापनलाई प्रभावकारी बनाउन यो वर्षदेखी लेखांकन सफ्टवेयर पुर्ण रुपमा लागु गर्ने भएको छ । यस्तै नगरले आफ्नै पाठ्यक्रमको विकास गरी शिक्षालाई सिपसंग जाडने , कक्षा ९ सम्मको परिक्षालाई नगर मातहतमा ल्याउने, एक बिद्यालय एक नर्स कार्यक्रमलाई संचालन गर्ने लगाएतका नीति तथा कार्यक्रम बनाएको छ ।
नगरले आफ्ना नगरका विद्यार्थीको प्रोत्साहनका लागी एम.वि.वि.एस. र ईन्जिनियरिङ्ग पढ्ने बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने समेत योजना बनाएको छ ।
प्लाष्टिक झोला विस्थापन
यो वर्षदेखी नगरले प्लाष्टिक झोला विस्थापनको नीति लिएको छ । प्रारम्भिक चरणमा २० माइक्रोन भन्दा माथिका झोला विस्थापन गर्दै विकल्पको व्यवास्था खोजी गरिने र कागजको झोला बिक्रीवितरण र उत्पादनलाई प्राथमिकतामा राखिने भएको छ ।
टाँगियावस्ती स्थानान्तरणमा न्यायोचित भुमिका निर्वाह गर्ने
नगरले १६ नम्बर वडामा पर्ने टाँगियावस्ती स्थानान्तरणका लागी कार्यकम गर्ने भएको छ । दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागी नेपाल सरकार र प्रदेश सरकारको कार्यक्रममा उल्लेख भएको हुँदा उक्त क्षेत्रमा वसोवास गर्ने वासिन्दाहरुसंगको समन्वय र सहकार्यमा पहल थालिने भएको छ ।
जसका लागी स्थानियवासीलाई न्यायोचित ढंगले आवस्यक व्यवस्थापन गरेर मात्रै आयोजनाको काममा पहल गरिने नीति लिईएको छ ।

(संक्षेप भिडियोको लागी यहाँ क्लिक गर्नुहोस)
https://fb.watch/ldqRBtnq3-/





Write your Comment