सशस्त्र प्रहरीद्धारा भन्सार महशुल नतिरेको भारतीय सवारी साधन जफत

रातोघर

 २०८० अषाढ २, शनिबार  मा प्रकाशित
८४८ पाठक संख्या


सिमरा ।

सशस्त्र प्रहरी बल रौतहटले भन्सार महशुल नतिरेको भारतीय सवारी साधन जफत गरेको छ । सशस्त्र प्रहरी बल ११ नम्बर गण हेडक्वाटर रौतहटले विशेष सूचनाको आधारमा चेक प्वाईन्ट टोलीद्धारा सो गाडी समातेको हो ।

रौतहट गरुडा नगरपालीका ५ शिवनगर स्थित द्यच्द्दद्दएज्ञढछठ नम्बरको भारतीय बोलेरो गाडीलाई चेकजाँच गर्दा कानून बमोजिम भन्सार महशुल नतिरी चलाई रहेको पाईएको हो ।

सो सवारी साधन आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ । गाडीको रु सात लाख मुल्य कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पछिल्लो समय आफ्नो क्षेत्रमा सशस्त्र प्रहरीको टोलीको सकृया बढेको छ । केही दिन अघिमात्रै स्रोत नखुलेको लाखौँ रकम बरामद गरेको सशस्त्रको टोलीले भारतीय नम्बर प्लेटको गाडीलाई विशेष निगरानी गरेको र शान्ती सुरक्षामा सकृय बनेको पाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban