

नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्।
सो क्षेत्रमा एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्विक महत्वको सम्पदाहरु फेला परेकाले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्व सम्पदा सूचिमा सूचिकृत गर्न उपयुक्त हुने उनको तर्क थियो।
बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा शुन्य समयमा बोल्दै सांसद मैनालीले सो क्षेत्रलाई प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षित क्षेत्र घोषणा गर्न सकिनेतर्फ पनि सरकारलाई सचेत गराए।
सांसद मैनालीले सरकारले सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि पहलकदमी लिने काममा ढिलाई गर्न नहुने पनि बताए ।
‘म सरकारसँग प्राचीन स्मारक संरक्षण ऐन अन्तरगत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस्। र, विश्व सम्पदा सूचिमा समावेश गरियोस् भनेर जोडदार माग गर्न चाहन्छु।’ उनले भने ।





Write your Comment