वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब २१ करोड ३५ लाखको बजेट (पूर्णपाठ)

रातोघर

 २०८० अषाढ ६, बुधबार  मा प्रकाशित
६१५ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ अनुमानित बजेट ल्याएको छ।

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बुधबार नगरसभाको १३औं अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ का लागि उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गरेका हुन्।

कुल बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार रुपैयाँ अर्थात ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ अर्थात २२ प्रतिशत बजेट विनियोजन गरिएको छ।

यस्तै वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ अर्थात १ प्रतिशत बजेट छुट्याएको छ। महानगरको यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२ करोड २८ लाखले कम छ।

बजेटमा यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।

आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ।

यस्तै आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रीत स्वास्थ्य सेवाको लागि ३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको हो।

यस्तै लामखुट्टे मुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन भएको छ।

वीरगञ्ज महानगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपैयाँ, राजश्व बाँडफाँट २१ करोड १२ लाख रुपैयाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

वीरगञ्ज महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, राजश्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। यस्तै प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजश्व बाँडफाँटबाट २ करोड ८७ लाख रुपैयाँ र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजारको अनुमान गरिएको छ।

पूर्वपाठ:

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban