जीतपुरसिमराको पर्यटन अभियान : पर्सा राष्ट्रिय निकुञ्जभित्र साइक्लिङ सुरु

रातोघर

 २०८० अषाढ १०, आईतबार  मा प्रकाशित
७८७ पाठक संख्या


बारा ।

पर्यटन प्रवर्द्धनका लागि जीतपुर सिमरा उपमहानगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्जभित्र साइकल पथ निर्माण गरेर साइक्लिङको सुरुवात गरेको छ ।
उपमहानगरले निकुञ्जको जनजागरण मध्यवर्ती सामुदायिक वन, मुर्सनीमाई, राधाकृष्ण, भीमेश्वर मध्यवर्ती सामुदायिक वन हुँदै पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भित्रबाट अमलेश्वर मध्यवर्ती सामुदायिक वनसम्म करिब १९ किलोमिटर क्षेत्रमा साइकल मार्ग निर्माण गरेको हो ।

हाल सो क्षेत्रमा भौतिक पूर्वाधारका संरचनासमेत निर्माण भइरहेको र सिमरा आसपासका युवाहरूले दैनिक साइक्लिङ समेत गर्दै आएको उपमहानगरका इन्जिनियर सञ्जीव रुपाखेतीले बताए ।
उनका अनुसार ठाउँ ठाउँमा साइकल मार्ग लेखिएको बोर्डहरू, आराम गर्ने विश्रामस्थललगायत यसलाई प्रवर्द्धनका लागि शनिवार औपचारिक कार्यक्रमको आयोजना समेत गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban