जीतपुरसिमराले ल्यायो २ अर्व बढीको बजेट, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

रातोघर

 २०८० अषाढ १३, बुधबार  मा प्रकाशित
६०८ पाठक संख्या


सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्व ३१ करोड ८१ लाख १२ हजार रूपैयाँको बजेट पेश गरेको छ ।

सिमरा स्थित क्लासिक होटलमा आठौँ नगर सभाको दोश्रो वैठकको आयोजना गरी उपमहानगरले बजेट सार्वजनिक गरेको हो । यसअघि उपमहानगरले असार २ गते नीति तथा कार्यक्रम पास गरी बुधबार बजेट सार्वजनिक गरेको हो ।

आय भन्दा व्यय बढी भई यो वर्ष नगरले ३१ करोड ७३ लाख ८२ हजार घाटा बजेट प्रस्तुत गरेको छ । उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय ४२ करोड ४ लाख, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान २८ करोड, राजश्व बाडफाँटबाट ३९ करोड ७३ लाख लगाएत रहेको छ ।

जीतपुरसिमराका २४ वटा वडाका लागि प्रत्येक वडामा जनसंख्याका आधारमा रकम बिनियोजन गरिएको छ । ठुला वडालाई २ करोड ३१ लाख देखी १ करोडसम्म प्रत्येक वडालाई बिनियोजन गरिएको छ ।

यसैबिच उपमहानगरले यसै वर्षबाट नगरमा स्वयम सेवक शिक्षक नियुक्त गर्न बजेट बिनियोजन गरेको छ । करिव ३ करोडको बजेटमा नगरमा स्वयम सेवक शिक्षक नियुक्त गरी शैक्षिक क्षेत्रको विकासमा केन्द्रित रहने समेत बताईएको छ ।

उपमहानगरले यो वर्ष ठुला आयोजनालाई महत्वमा राखेको छ । साना र टुक्रे आयोजनामा अनियमितता हुने र काम प्रभावकारी नहुने भन्दै ठुला र प्रभावकारी आयोजनालाई मात्रै नीति तथा कार्यक्रमबाट अनुमोदन गरेको हो ।

जीतपुरसिमराले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि उत्पादन, खानेपानी, दिगो पूर्वाधार विकास निर्माण तथा प्रभावकारी सेवा प्रवाहमार्फत् सुशासन कायम गरी उपमहानगरवासीलाई परिवर्तनको प्रत्यक्ष लाभ पु¥याउन कटिबद्ध रहेको उपमहानगरपालिकाले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban