

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीका १४ रजघट्टामा रहेको जनता माध्यामिक बिद्यालय बिद्यालयले धान रोपाई कार्यक्रमको आयोजना गरेको छ । जलवायु अनुकुलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ बिद्यालयको कृृषि प्राविधिक तर्फका बिद्यार्थीहरुको सहभागीतामा धान रोपाई कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिका रुपमा रहेको नगर प्रमुख राजन पौडेलले शिक्षालाई कृषि र प्रविधिसंग जोडेर सीपमुलक अवधारणामा परिवर्तन गर्न आवस्यक रहेको धारणा राखे ।
कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर १४ की वडा अध्यक्ष चयन मगर , नगरको शिक्षा शाखा प्रमुख शिवजी प्रसाद लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उद्घाटन विरुवामा पानी हालेर गरेपनी बिद्यालयको आफ्नै स्वामित्वमा रहेको जग्गामा धान रोपाई कार्यक्रम समेत आयोजना गरिएको बिद्यालयका प्रधान अध्यापक राजु प्रसाद अधिकारीले जानकारी दिए ।
यसैबिच कार्यक्रममा बिद्यालयले सम्मान कायृक्रमको समेत आयोजना गरेको छ । बिद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समितीको पदाधिकारी, शिक्षक अभिभावक संघ, कार्यालय सहयोगी लगाएत सवै कर्मचारीहरुलाई समारोहका बिच सम्मान गरेको छ ।
बिद्यालयले शैक्षिक कार्यक्रमहरु सफलता पुर्वक संचालन गरेको र व्यवस्थापकिय कार्य उत्कृष्ट गरेको वापत नतिजामा आधारित प्रोत्साहन पुरस्कार स्वरुप नगरपालीकाले सम्मान गरेकोले उत्तः कार्यका लागी सवैको साथ र सहयोग रहेको भन्दै बिद्यालयले कर्मचारी र शिक्षकलाई सम्मान गरेको बिद्यालयका माध्यामिक तह इन्चार्ज बरुण प्रसाद गौतमले जानकारी दिए ।











Write your Comment