नेरामावि कोल्हबी ८ मा ई-हाँजिरी जडान, मन्टेश्वरी कक्षालाई स्मार्ट टिभी

रातोघर

 २०८० अषाढ १८, सोमबार  मा प्रकाशित
७२३ पाठक संख्या


सिमरा ।

बाराको कोल्हबी नगरपालीका ८ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा ई हाँजीरी जडान गरिएको छ । वडा कार्यालयको व्यवस्थापमा बिद्यालयलाई ई हाँजिरी जडान गरी प्रयोगमा ल्याइएको छ ।

वडाले पछिल्लो समय आफ्नो वडामा रहेका बिद्यालयको शैक्षिक सुधार अभियानमा लागेको छ । ई हाँजिरीसंगै बिद्यालयको मन्टेश्वरी कक्षाको समेत व्यवस्थापनमा लागेको छ ।

यसै आर्थिक वर्ष मन्टेश्वरी कक्षाको लागी आधुनिक स्मार्ट टिभी समेत जडान गरिएको छ । मन्टेश्वरी कक्षामा अहिले २५ जना वालवालिका अध्ययनरत् छन् ।

वडाकै आर्थिक सहयोगमा विद्यालयमा यसै वर्षदेखी सिसि क्यामेरा समेत जडान गरिएको छ ।

विद्यालयको शैक्षिक सुधार संगै भौतिक व्यवस्थापन सुधारमा समेत प्रभावकारी रुपमा लागेको वडा अध्यक्ष अनुप सुवेदीले बताए । यसैगरी वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय काँटगाउको स्तर उन्नतीमा पनी वडा कार्यालय लागेको छ ।

कोल्हवी ८ मा रहेका २ विद्यालयलाई वडा कार्यालयले आगामी वर्ष थप प्रभावकारी कार्यक्रमहरु संचालन गरी शिक्षकहरुको कार्यक्षमता वृद्धी र आधुनिक शैक्षिक प्रणालीको व्यवस्थापन गर्ने योजना रहेको समेत अध्यक्ष सुवेदीले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban