नेरामावि सिमराको विज्ञान प्रयोगशालालाई सुर्य नेपालको सहयोग

रातोघर

 २०८० अषाढ १८, सोमबार  मा प्रकाशित
६५९ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा २ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई सुर्य नेपालले सहयोग गरेको छ । विद्यालयको विज्ञान प्रयोगशालाको सामग्री व्यवस्थापनमा सुर्य नेपालले १६ लाख ५० हजार रुपैँया लगानी गरेको छ ।

विद्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी सुर्य नेपालद्धारा खरिद गरिएको विज्ञान प्रयोगशालाको सामाग्री हस्तान्तरण गरिएको हो । विद्यालयमा सुर्य नेपालको सहयोगमा ‘केमेस्ट्र ल्याव’ नयाँ स्थापना गरिएको छभने अन्य शाखाको स्तर उन्नती गरि समाग्री थप गरिएको छ ।

विद्यालयले आयोजना गरेको सामग्री हस्तान्तरण कार्यक्रममा कम्पनीका सिमरा काराखाना प्रमुख सुरेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले विद्यालयको शैक्षिक विकासमा कम्पनीले सधैँ हातोमालो गर्ने बताएका छन् । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा हरेक वर्ष माग आवश्यकता बमोजिक बिभिन्न सहयोगहरु गर्दै आईरहेको छ ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष धन बहादुर श्रेष्ठले विद्यालयको विज्ञान प्रयोगशाला प्रदेशकै नमुना प्रयोगशालाका रुपमा विकास गरिने धारणा राखे । वडागत् रुपमा आवश्यक आर्थिक लगानी गर्दै आएको वडाले यस वर्षपनी विद्यालयको भौतिक र शैक्षिक सुधारमा भुमिका निर्वाह गर्ने बताएका छन् ।

सामग्री वितरण कार्यक्रममा कम्पनीका तर्फबाट श्रेष्ठ सहित प्रतिनिधि यज्ञ बहादुर आले, व्यवस्थापन समितिका अध्यक्ष गंगा वस्नेत, प्रधानाध्यापक शंकर कुमार आचार्य, सहायक प्रधानाध्यापक अच्युतदेव सिटौला, खेम सुवेदी, व्यवस्थापन समितीका कृष्ण कुमार अधिकारी, गिता शर्मा, लेखा अधिकृत उद्धव अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban