

कोल्हबी ।
कोल्हबी नगरपालिकाले मिलोमतोमा खोलाको ठेक्का लगाएर ठेकेदारलाई पोस्ने गरी काम गरेको एकपछि अर्को रहस्य खुल्दै गएको छ । बिगतका बर्षहरुमा समेत बैक ग्यारेन्टी नराखी खोलाको ठेक्का लगाएकै कारण ठेकदारको हालसम्म १५ करोड बक्यौता छ ।
यस आर्थिक बर्ष ०७९र०८० मा समेत बर्तमान नगरप्रमुख राम प्रसाद चौधरीले बैक ज्ञारेन्टी नराखी खोलाको ठेक्का लगाएको खुलेको छ । कुनैपनि ठेक्कामा बैक ग्यारेन्टी नराखी ठेक्का लगाउन नपाउने नितिगत ब्यबस्थालाई उल्लघन गरी किन बैक ज्ञारेन्टी नराखी खोलाको ठेक्का लगाईयो भन्ने जनप्रतिनिधिहरुले आफनै नजिकको मानिसहरुलाई ठेक्कामा ठेकदार बनाएर राखेकोले मिलोमतोमा ठेक्का लगाईएको कारण बैक ज्ञारेन्टी नराखी ठेक्का लगाईएको बताएका छन ।
पुर्व र वर्तमान केही जनप्रतिनिधि समेतको मिलोमतोमा ठेक्का बिभिन्न नामबाट सकार गरेपनि स्थानीय एक ब्यक्तीहरुले स्थानीय तह बनेदेखिनै खोलाको ठेक्का लिदै आएका छन ।
मिलोमतोमा बैक ग्यारेन्टी नराखी ठेक्का लगाउने गरेको कारण कोल्हबी नगरपालिकाको खोलाको राजश्व गुम्ने भएको छ । कोल्हबी नगरपालिकामा खोलाको ठेक्कापट्टाबाट मात्रै १५ करोड ठेकेदारबाट उठाउन बांकी रहेको छ । स्थानीय तह बनेको २०७४ देखिकै खोलाको राजस्व मिलोमतोमा नगरपालिकाई तिर्नुपर्ने रकम नतिरी एकै ब्यक्तीहरुले खोलाको ठेक्कामा काम गर्दै आएका छन ।
कोल्हबी नगरपालिकाका लेखापाल सुरेन्द्र चौधरीले बैक ग्यारेन्टी नराखी ठेक्का लगाईएको स्वीकार गर्दै जनप्रतिनिधिहरुको दबाबका कारण ठेक्का लगाएको बताएका छन ।
भर्खर सरुवा भएर आएका कोल्हबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीले बैक ग्यारेन्टी नराखी ठेक्का लगाउन नमिल्ने भएपनि के कसो भएको हो आफुले बुझने बताउनु भएको छ । उनले बैक ग्यारेन्टी नभएको जानकारी आएपनि सबै अध्ययन गर्न नसकेको बताउनु भएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बैक ग्यारेन्टी नराखी ठेक्का लगाउन नपाउने बताउदै कोल्भीले बक्यौता रकम उठाउन पत्राचार गरेको बताउनु भएको छ । उहाँले कोल्भीले ठेकदारको बक्यौता रकम मिनाहा समेत गरेको जानकारीमा आएकोले के कति मिनाहा भएको हो पठाउन निर्देशन दिएको छ ।
आर्थिक बर्षमा लगाइएको ठेक्का नगरपालिकाले बैंक ग्यारेन्टी नराखी ठेक्का लगाएका कारण तेश्रो किस्ता बापतको रकम ठेकेदारले चेक मार्फत भुक्तानी गरे पनि केही चेक सटही भएको छ भने उक्त रकम बराबरको चेक सटही नभएकोले तिर्नु पर्ने बांकी रकममा राखिएको कोल्हबी नगरपालिकाका लेखापाल सुरेन्द्र चौधरीले बताउनु भयो ।
उत्खननको प्रतिवेदन समेत नबुझाएर दैनिक थुपारिएर राखेको सामाग्री राजस्व छलेर लैजादै
कोल्हबी नगरपालिकाले आर्थिक बर्ष २०७९र०८० का लागि ठेक्का लगाएको पि.आर.एस. एण्ड आरडी जेभी कोल्हबी–१ ले अहिलेसम्म दैनिक रुपमा बुझाउनु पर्ने उत्खननको प्रतिवेदन समेत नबुझाएर दैनिक थुपारिएर राखेको सामाग्री राजस्व छलेर लैजाने गरेको छ ।
जेठ ३ गते चलानी नं। ६ मार्फत जेभी ले ३७ लाख ४४ हजार ७ सय घनफिट उत्खनन गरेको प्रतिवेदन नगरपालिकालाई बुझाए पनि त्यसपछि पटक–पटक नगरपालिकाको लेखाशाखाले तथ्यांक माग्दा ठेकेदार कम्पनीले के कति उत्खनन गरेको बुझाएको छैन ।
नगरपालिकाले ५७ लाख ११ हजार ८ सय ६७।४४ घनफिट गिट्टी बालुवा उठाउन सम्झौता गरेको भए पनि ठेकेदारले परिमाण भन्दा ३ गुणा बढी सामाग्री संकलन गरेका कारण उत्खनन विवरण नबुझाएको एक कर्मचारीले बताए ।
कुन ठेकदारबाट कति राजस्व उठाउन बाँकी
कोल्हवी नगरपालिकाको २०७४ सालदेखिको राजस्व बक्यौता देखिएको छ । तत्कालीन कार्यपालिकाको कमजोरीका कारण राज्यको करोडौँ राजस्व गुम्ने खतरासमेत देखिएको छ ।
कोल्हवी नगरपालिकामा २०७७ सम्म अमानतमा ठेक्का लिएका मोहनलाल साहको १५ लाख ९७ हजार २ सय ७५ रुपैयाँ, रामनाथ चौधरीको १६ लाख ९७ हजार २ सय २० रुपैयाँ र कपिलदेव चौधरीको ७ लाख ३ हजार ९ सय ५० रुपैयाँ बक्यौता छ ।
त्यसैगरी आर्थिक वर्ष २०७५र०७६ मा ठेक्का लिएको छठिया निर्माण सेवाले ५८ लाख ८७ हजार ६ सय ४८ रुपैयाँ, २०७६र०७७ मा खोलाकै ठेक्का लिएको मंकेश्वर निर्माण सेवा कोल्हवीले १ करोड ५९ लाख ८३ हजार ३ सय ५० बुझाउन बाँकी छ ।
आर्थिक वर्ष २०७७र०७८ मा खोलाको ठेक्का लिएको विशाल निर्माण सेवा रौतहट, मौलापुरले ६ करोड ६१ लाख ८२ हजार ११ रुपैयाँ बुझाउन बाँकी छ । आर्थिक वर्ष २०७८र०७९ को खोला बापतकै महालक्ष्मी निर्माण सेवा कोल्हवीले नगरपालिकाको ८७ लाख ६९ हजार ९ सय ८ रुपैया तिर्न बाँकी छ । उन्नत निर्माण सेवा कोल्हवीले आर्थिक वर्ष ०७७र७८ देखि ८ लाख ६५ हजार ५ सय रुपैयाँ अहिलेसम्म बुझाएको छैन ।
हरेराम सप्लायर्सले आर्थिक वर्ष २०७६र०७७ को पटके कर बापतको १५ लाख ९७ हजार २ सय ७५, आर्थिक वर्ष २०७८र०७९ को ३२ लाख १ सय ११ रुपैयाँ बुझाउन बाँकी छ । चालु आर्थिक वर्षमा बकैया खोला ठेक्का बापतको पीआरएस एण्ड आरडी जेभी कोल्हवीले तेस्रो किस्ता बापत तिर्नुपर्ने १ करोड २५ रुपैयाँ बक्यौता छ ।





Write your Comment