

वीरगञ्ज ।
आज (सोमबार) देखि वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आजदेखि बुधबारसम्म देशभर मौसम बदली (बादल) र वर्षा बढ्ने सम्भावना देखिएको हो ।
अहिले बिहान पनि कोशी प्रदेशका केही तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको उनले बताइन् ।
बागमतीअन्तर्गत काठमाडौं उपत्यकाका पनि केही स्थानमा अहिले पानी परिरहेको जानकारी उनले दिइन् । ‘विगत १२ घण्टामा दोलखामा भारी ६३ मिलिमिटर वर्षा भएको छ’, उनले भनिन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसमेत ३ दिन (बुधबारसम्म) सबै प्रदेशमा वर्षा हुनेछ ।
त्यसअन्तर्गत आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस क्रममा कोशी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
यसैगरी राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।





Write your Comment