

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीका १ मा निर्माण भईरहेको सेल्फी सडकको स्थानियले बिरोध गरेका छन् ।
कालोपत्रे सडक निर्माण मापदण्ड विपरित भएको भन्दै स्थानियले फिल्डमा खटिएका इन्जिनियरसंग लागत स्टमेट, निर्माणको नमुना, कार्यआदेश लगाएतका कागजात माग गरेका छन् ।
सडकको दाँयाबाँया निर्माण भइसकेको नालासंग सडक असन्तुलन रहको, कालोपत्रेको मोटाई थोरै भएको र बेस कमजोर भएको भन्दै स्थानियले निर्माणाधिन आयोजनाको बिरोध गरेका हुन् ।
अन्य दुई आयोजना सहित ५० करोड लागतमा सार्वजनिक गरिएको बोलपत्रलाई महाविर जे भि कन्ट्रक्सन बिरगञ्जले २६ करोडमा ठेक्का सकार गरेको थियो ।






Write your Comment