सिमराको मुख्य चोकमा अनौठो दुर्घटना, जव जेब्रा क्रसमै ट्रकबा रड खस्यो..

रातोघर

 २०८० अषाढ २७, बुधबार  मा प्रकाशित
१०८८ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा स्थित सिमरा बजारको मुख्य चोकमा लरी ट्रकबाट क्वायल रड तल खसेको छ । ६ लेन सडकको जेब्रा क्रममा सो ट्रकबाट करिव ५ टन बराबरको रड अकस्माथ बाँधिएको फलामे डोरी चँुडिदा तल खसेको हो ।

साँझ करिव ८ बजेको समयमा भिडभाड देखिने सिमरा बजारको मुख्य चौकको जेब्रा क्रसमा रड भुइँमा खस्दा संयोगले मानविय क्षति हुनबाट भने जोगिएको छ ।
विरगञ्ज स्थित सुख्खा बन्दरगाहबा सिमरा स्थित जगदम्बा स्टीलका लागी करिव ३८ टन रड बोकेर ट्रक सिमरा आएको हो ।

ना. ६ ख ८६८१ नम्बरको ट्रकलाई ट्राफिक प्रहरी कार्यालय सिमराले नियन्त्रण लिएको छ । ट्रकबाट सडकमा करिव ५ टन बरावरको खसेको ३ क्वाइल रड क्रेनको सहायताले किनारमा सारिएको छ ।

ट्राफिक प्रहरीका अनुसार सो लरी ट्रकको अधिक भारबहन क्षमता २६ टन रहेको बताएको छ । यधपी सो लरीले ३८ टनको तौल कागज बोकेर सिमरा आएको थियो । लरी ट्रकको लापरवाही र क्षमता भन्दा बढी माल बोकेको कारण सो दुर्घटना भएको बुझिएको छ ।

ट्रकलाई आवश्यक कारवाहीका लागी यातायात कार्यालय पठाउन सकिने वा जरीवाना रसिद काटेर छोडिने प्रहरीले जनाएको छ । यता स्थानिय वासिन्दा भने सडक किनारमा आवतजावत गर्न वा सडक पार गर्न असुरक्षित महशुस गरेका छन् ।

भारबहन क्षमता भन्दा बढी फलामे रड ओसार्नै ट्रक र समान खरिद गर्ने जगदम्बा स्टील दुवैलाई कारवाही गनुपर्ने भन्दै स्थानियले प्रहरीलाई दबाव दिएका छन् ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban