

सिमरा ।
बाराको जितपुरसिमरा स्थित सिमरामो शाखा रहको सनराइज वैँकले अस्थाई ट्राफिक पोस्ट हस्तान्तरण गरको छ ।
बिहिवार एक कार्यक्रमको आयोजना गरी वैँकले करिव १ लाखको लागतमा निर्माण गरिएको पोस्ट बितरण गरिएको हो ।
वैँकले सामाजिक उत्तरदायित्व अन्तर्गत सिमरामा रहेको अस्थाई ट्राफिक प्रहरीलाई सिमराको मुख्य चोक सुरक्षामा खटिने प्रहरीको लागी पोस्ट निर्माण गरिदिएको हो ।
हस्तान्तरण कायृक्रममा सनराइज वैँकका मधेश प्रमुख दिपक पंडित, जीतपुरसिमरा २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख शुरेस ठाकुर, अस्थाई ट्राफिक प्रहरी कार्यालय सिमराका प्रमुख दिलिप कुमार यादव लगाएत स्थानिय व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
सिमरामा करिव ४ वर्षदेखी वैँकले सेवा दिइरहेको छ । देशभरी १ सय ३९ शाखा संचालनमा रहेको वैँकले लक्ष्मी वैँकसंग सहकार्यको तयारी समेत गरिरहेको छ । वैकका अनुसार यो हप्तादेखी नै लक्ष्मी सनराइज वैँकका नामबाट दुवै वैँकले एकैठाउमा कारोवार गर्दैछन् ।





Write your Comment