सिमरामा शनिवार साइक्लिङ्ग कोरा राइड हुने

रातोघर

 २०८० अषाढ २९, शुक्रबार  मा प्रकाशित
४८० पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका, सिमरामा शनिवार साइक्लिङ्ग कोरा राइड आयोजना हुने भएको छ । बारा राइडर्स एसोसियनले आयोजना गरेको कोरा राइड कार्यक्रमलाई जीतपुरसिमरा उपमहानगरपालीकाले सहयोग गरेको हो । एसोसियनले साइकल चलाऔँ, वातावरण जोगाआँै, स्वस्थ रहौँ भन्ने मुल नाराका साथ सिमराको रामजानकी मन्दिरबाट कोरा राइडको शुरुवात गर्दैछ । राइडमा बारा लगाएत पर्साबाट पनी राइडका लागी सहभागीहरु उपस्थित हुने बताईएको छ ।

रामजानकी मन्दिर हुँदै छटिमाई मन्दिर, भिमेश्वर सामुदायिक वन, पथैलैयाको महादेव मन्दिर, कृष्ण मन्दिर, सिमराको दुर्गा मनकामना मन्दिर, गुम्बा, औराहाको श्रीकृष्ण मन्दिर, पशुपती मन्दिर, घन्टिमाई मन्दिर, थानिमाई, ठाँटीमाई मन्दिर, जीतपुरको गढीमाई मन्दिर, जामे मस्जित, नगौलको शिव मन्दिर हुँदै मुसर्नीमाई मन्दिर, नगरवस्तीको कृष्ण मन्दिरबाट राधाकृष्ण सामुदायिक वनक्षेत्रमो निर्माण गरिएको साईकल ट्रयाकमा पुगी कार्यक्रम समापन गर्नै कार्यक्रम रहेको एसोसियसनको वरिष्ठ उपाध्यक्ष राजदास श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुख राजन पौडेल, नगर उप प्रमुख भोला अधिकारी, नगरका वडा अध्यक्षहरु, नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, होटल तथा पर्याट व्यवसायी अर्जुन लम्साल लगाएतको उपस्थिती रहने बताइएको छ ।

एसोसियसनको यो तेश्रौ वर्षको आयोजना हो । हरेक वर्ष सिमरा आसपासका साइकल प्रेमीहरुको साझा संस्थाका रुपमा स्थापित रहेको यो एसोसियसनको पहलमा जीतपुरसिमरा र निकुञ्ज जोडने साइकल लेनको समेत निर्माण गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban