साउन महिना सुरु भएसँगै वारा र पर्सामा हरियो चुरा र पोतेको व्यापारमा वृद्धि

रातोघर

 २९ असार २०८०, शुक्रबार १३:३९  मा प्रकाशित
३५४ पाठक संख्या



सिमरा ।

साउन महिना सुरु भएसँगै पर्सामा हरियो चुरा र पोतेको व्यापार बढेको छ । साउन महिनाभरी नेपाली महिलाले हरियो, पहेँलो,रातो रंगका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी आदि लगाई सोह्र शृंगारमा सजिएर भगवान शिवको उपासना गर्ने चलन बढेसंगै वारा र पर्सामा हरियो चुरा र पोतेको व्यापार बढेको छ ।

साउन महिना सुरु भएसंगै चुरा पसलमा महिलाहरूको भिड बढेको सिमरा की उमा काक्री ले बताईन्र । विवाहितले सुहाग यथावत् रहोस् भनेर, सन्तान भएकाहरूले छोराछोरीको दीर्घायुको कामना गर्दै तथा अविवाहितहरूले असल श्रीमान् पाइयोस् भनेर साउने सोमबारका दिन भगवान शिवको व्रत बस्ने बढेसंगै हरियो चुरा र पोतेको व्यापार बढेको चुरा व्यापारी उमा काक्री ले बताए  ।

भित्री तराई तथा भारतीय संस्कृति एवं टेलिभिजनका सिरियल तथा चलचित्रको प्रभावले गर्दा पनि साउनमा हरियो चुरा र पोतेको व्यापार बढेको हो । साउन महिनाभरी नेपाली महिला विवाहित हुन् वा अविवाहित सबै हरियो रंगका डिजाइनर पहिरनमा सजिने भएकाले वारा र पर्सामा पनि हरियो चुरा र पोतेको व्यापार बढेको हो ।

विवाहित महिलाहरूका लागि चुरा, पोते र टीकाको महत्व रहेको र श्रीमानको दीर्घायुका लागि चुरा लगाउने चलन भएकाले हरियो चुरा र पोतेको व्यापार बढेको सिमराकी कस्मेटिक व्यवसायी उमा काक्री बताउँछिन् ।

साउन आउनु एक हप्ताअघि नै साउनका लागि हरिया चुराहरू बिक्री हुन थालेको बताए । हरियो चुराका साथमा पहेँलो, रातो, तथा सुन्तला रंगका चुराहरू पनि त्यत्तिकै बिक्री हुने उमा काक्री ले बताए । साउनमा पनि दसैं, तीज एवं विवाह भन्दा राम्रो व्यापार हुुन थालेकोले आफुहरु खुशी भएको चुरा पसलेहरुले बताएका छन् ।

Write your Comment