खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा सुनील गाउँले सर्बसम्मत

रातोघर

 २०८० अषाढ ३०, शनिबार  मा प्रकाशित
४५२ पाठक संख्या


सिमरा, ३० असार ।

नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको छैठौं साधारण सभा तथा दोश्रो अधिवेशन शनिवार बाराको सिमरामा सम्पन्न भएको छ ।

अधिवेशनले सुनील गाउँलेको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती सर्वसम्मत चयन गरेको छ । समितीको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिबमा बसन्त खतिवडा, सहसचिबमा प्रदिप गौतम, कोषाध्यक्षमा पुष्पराज खतिवडा, सदस्यहरुमा सिता अधिकारी, निलिसा बर्मा, नवराज चौलागाँई र श्याम गुप्ता सर्वसम्मत चयन भएका छन् ।

यसअघि नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीको प्रमूख आतिथ्यता तथा नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराका अध्यक्ष सुनील गाउँलेको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा पत्रकार महासंघ मधेश प्रदेशका पूर्व सचिब गुरु प्रसाद गौतम, बरिष्ठ पत्रकार प्रकाश लम्साल, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी, प्रेस युनियन बाराका उपाध्यक्ष बसन्त खतिवडा, प्रेस सेन्टर बाराका उपाध्यक्ष प्रदिप गौतम, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, पत्रकार राजमणी बराल लगायतको उपस्थिती रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban