

काठमाडौँ ।
गैरआवासिय नेपाली संघ एनआरएनए साउदी अरबको आगामी र्कायकालका लागी निर्विरोध कार्यसमिति चयन गर्ने प्रयास थालिएको छ । प्राप्त जानकारी अनुसार हालसम्म वरिष्ठ उपाध्यक्षबाहेका अन्य पद सहमतिमै टुंग्याइएको छ ।
अध्यक्षका लागि अहिलेसम्म रविना अर्यालको एकल उम्मेदवारी छ । वरिष्ठ उपाध्यक्ष पद मा भने सहमति जुट्न सकेको छैन । १९ जुलाइसम्म उम्मेदवारी दर्ताका लागी समय तोकिएको । थियो वरिष्ठ उपाध्यक्ष बाहेक अन्य पदमा दोहोरो उम्मेदवारी परेको छैन ।
वरिष्ठ उपाध्यक्षमा भने उमेश भट्टराई र विशाल कुमार श्रेष्टको उम्मेद्वारी परेको छ । निर्वाचन संयोजकको जिम्मेवारी पाएका मध्यपूर्व क्षेत्रीय संयोजक राजेन्द्र अर्याल जोनका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा पनि सहमति जुटाउने प्रयास भइरहेकको छ ।
उपाध्यक्षमा उम्मेदवारी दिएका राज कुमार गिरी ,कृष्ण कुमार श्रेष्ठ ,मनिष कोइराला र हेम सुवेदी निर्विरोध चुनिएका छन् ।
यस्तै, महासचिवमा शुक्र तामाङ्ग, सचिवमा ध्रुव कटवाल , कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सह कोषअध्यक्षमा दुर्गा बहादुर काउचा चयन भएका छन । संघको अधिवेशन २८ जुलाईमा तय भएको छ । यही अधिवेशनले अहिले निर्विरोध भएकालाई अनुमोदन गर्नेछ ।





Write your Comment