आर्थिक ऐन परिमार्जित गर्न नगर उद्योग वाणिज्य संघद्धारा जीतपुरसिमरालाई ध्यानाकर्षण

रातोघर

 २०८० श्रावण ७, आईतबार  मा प्रकाशित
५७१ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीकाले आर्थिक ऐन निर्माण गरेसंगै स्थानिय उद्योगी तथा व्यवसायीले बिरोध गरेका छन् । व्यवसायी र उद्योगीलाई दोहोरो करको मारमा पार्नेगरी आर्थिक ऐन निर्माण गरेको भन्दै बिरोध गरेका हुन् ।

आईतवार नगरका उद्योग तथा व्यवसायीहरुको छाता संगठन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले उपमहानगरलाई ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष मोहन शर्मा लामिछानेको नेतृत्वमा पुगेको टोलीले मेयर राजन पौडेललाई ज्ञापन पत्र बुझाउँदै आर्थिक ऐन परिमार्जन गर्न तथा उद्योगी र व्यापारीको भावना बुझिदिन आग्रह गरेका छन् ।

ज्ञापन पत्र हस्तान्तरण गर्दै अध्यक्ष शर्माले उपमहानगरपालीकासंग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको भन्दै यहाँका व्यवसायी र उद्योगीहरुको समस्यामाथी गम्भिर बनिदिन आग्रह गरेका छन् ।

स्थानिय व्यवसायीहरु, समाजसेवी, वडा कार्यालय लगाएत संघको सुझाव र समन्वयमा जीतपुरमा रहेको गुदरी बजार एवमः मिना बजारको सटर भाडा लगाएत अन्य व्यवस्थापनको समस्या समाधान तर्फ उन्मुख रहेको प्रती उपमहानगरलाई धन्यवाद समेत ज्ञापन गरेको छ । परिणाम स्वरुप उपमहानगरको करोडौँ वक्यौता रकम संकलनको क्रममा रहेको हुनाले सो क्षेत्रका व्यवसायीहरु प्रती पनी संघले ज्ञापन पत्र मार्फत कृतज्ञता व्यक्त गरेको छ ।

दजनौँ उद्योगी र व्यापारीहरुको रहोवरमा शनिवार ज्ञापन पत्र बुझाएपछी नगर प्रमुख राजन पौडेलले सो बिषयमा आँफु गम्भिर रहेको बताए । उनले स्थानिय व्यापारी र उद्योगीहरुको भावनालाई सम्बोधन गर्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिवादमा आएका कतिपय बिषयहरुलाई संवोधन गर्नुपर्ने स्वभाविक भएको भन्दै आर्थिक ऐन परिमार्ज गर्न नसकिएपनी भाषा र व्याख्यामाथी सहजीकरण गर्न सम्वन्धित पक्षसंग आवश्यक छलफलको वातावरण तयार गरिने बताए । यो बिषयमा उद्योग वाणिज्य संघ पनी गम्भिर हुनुपर्ने धारणा राखे ।

ज्ञापन पत्र :

No description available.

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban