महिलाबारे आपत्तिजनक प्रश्न बनाउने लेखकको किताब जलाएर विरोध (तस्बिरहरु)

रातोघर

 २०८० श्रावण ८, सोमबार  मा प्रकाशित
२७५ पाठक संख्या


काठमाडौँ ।

महिलाबारे आपत्तिजनक प्रश्न बनाएर किताब प्रकाशन भएको पाइएपछि सोमबार राजधानीमा विरोध प्रदर्शन गरिएको छ ।

लोकसेवा तयारी पुस्तक (गेमस्काउट, बन रक्षक, सफलताको साथी) मा महिलाहरुबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखेको पाइएपछि अनेरास्ववियू (क्रान्तिकारी) ले माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

सो क्रममा उनीहरुले लेखक राम एकलव दासको किताब जलाएका छन् ।

महिलाबारे आपत्तिजनक प्रश्न बनाइएको पाइएपछि सामाजिक सञ्जालको दासको कडा आलोचना भएको छ । यसबारे बुझ्न रातोपाटीले दासलाई सम्पर्कको प्रयास गरेपनि उनी सम्पर्कमा आउन चाहेका छैनन् ।

किताब प्रकाशित गर्ने पब्लिकेशनले भने पुस्तकमा दासकै सर्वाधिकार रहेकाले आफ्नो छाप्ने बाहेक अरु कुनै भूमिका नभएको जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban