

सिमरा ।
जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा सुत्र तथा योजना सफ्टवेयर सञ्चालन सम्बन्धी तीन दिने अभिमुखिकरण तालिम बाराको सिमरामा सम्पन्न भएको छ ।
अभिमुखिकरण तालिममा हातबाट राजस्वको रसिद वा नगदी रसिद नकाटेर सफ्टवेयरबाटै रसिद काट्ने र राजस्व सङ्कलन तथा बैँक दाखिला गर्ने पद्धतीको बिकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको राजस्व शाखा प्रमुख रमेश सुबेदीले जानकारी दिए ।
तालिममा सफ्टवेयरको सेटिङ्ग ,राजस्व सङ्कलन र प्रतिवेदन तयार पार्ने पद्धतीको बिषयमा जानकारी दिइएको छ । प्राईबेट रुपमा प्रयोग गरिदै आएको सफ्टवेयरलाई हटाएर उपमहानगरपालिकाले सरकार ,महालेखा लेखा नियन्त्रण कार्यालय लगायत सरकारका बिभिन्न निकायहरुले प्रत्यक्ष रुपमा राजस्व सङ्कलनको स्थितीलाई हेर्ने सक्ने किसिमको सफ्टवेयरमा काम गर्न लागेको छ ।
दैनिक रुपमा कुन शिर्षकमा कति राजश्व उठ्यो भन्ने सजिलै हेर्ने मिल्ने किसिमको सफ्टवेयर रहेको राजस्व शाखा प्रमुख सुबेदीले जानकारी दिए ।





Write your Comment