

बारा ।
बाराको कलैयामा एक सातादेखी प्रहरी बिरुद्धको आन्दोलन थप जटिल बन्दै गएको छ । पार्टीका दुई नेतालाई ज्याजती र कुटपिट गरेको आरोप लागेका दुई प्रहरीलाई कारवाहीको माग गर्दै शुरु भएको आन्दोलन एक साता पुग्दापनी निष्कर्षमा पुग्न सकेको छैन ।
कलैयाका बिभिन्न राजनैतिक दलहरुले सर्वदलीय आन्दोलन समिति नै निर्माण गरी बिभिन्न चरणबद्ध आन्दोलन र बिरोधका कार्यक्रम गर्दै आईरहेका छन् । मंगलवार साँझ कलैयाको भरत चौकमा मसाल जुलुस प्रर्दशन गरेको समितिले बुधबार आज कलैया बन्दको कार्यक्रम गरिरहेको छ ।
कलैयास्थित रामजानकी मन्दिरबाट निकालिएको मसाल जुलुस कलैया नगरको विभिन्न भागको परिक्रममा गर्दै मुख्य चौकमा कोणसभा समेत गरेका छन् ।
यता प्रहरीले भने सुचना जारी गर्दै बन्दका कुनैपनी कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै आम नागरिकको दैनिक जिवनमा कुनै समस्या वा व्यवधान नर्गन आग्रह गरेको छ ।
मावन अधिकारको रक्षा र व्यवसायीको आफ्नो पेसा व्यवसाय संचालन गर्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित्ता गर्र्ने प्रहरीको जिम्मेवारी रहेको भन्दै सो विपरित कार्य गर्ने जो कसैलाई पनी स्थानिय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जानकारी गराईएको छ ।

यसैबिच बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होविन्द बोगटीले आरोपित दुई प्रहरीलाई जिल्लाको जिम्मेवारीबाट हटाई प्रदेश कार्यालमा हाँजिर गराएको भन्दै आन्दोलनका सवै कार्यक्रम बन्द गर्न आग्रह गरेका छन् ।
उनले कुटपिट भएको हुन सक्ने भन्दै आवश्यक छानविनका लागी अनुसन्धान टोली गठन भई तिन दिनदेखी सो बारेमा काम भईरहेको जानकारी दिँदै अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएपछी मात्रै दुई प्रहरीलाई निलम्बन गर्ने वा सो बारेको निर्णय हुने बताएका छन् ।
‘प्रहरीलाई निलम्वन गर्ने वा जागिर खोस्ने अधिकार हामीसंग छैन, उहाँहरुले कारवाहीको माग गरेर आन्दोलन शुरु गर्नुभो, हामीले तत्कालै उनीहरुलाई जिल्लाको जिम्मेवारीबाट हटायौँे’, बोगटीले रातोघरलाई भने, ‘हामीले गर्न सक्ने ठुलो कारवाही भनेको जिम्मेवारीबाट हटाउनु हो, अब अनुसन्धानको प्रतिवेदन कुर्नु बाहेक अरु बिकल्प हामी संग छैन, यो कुरा उहाँहरुले बुझिदिनुपर्छ ।’

उनले कुटपिट र धरपकडको घटनालाई हप्तौँदिनसम्म बिरोध गरिरहनुले प्रहरीमाथी राजनीतीकरण भएको महसुस गरेको बताए । प्रहरीको मनोवल गिराउने र प्रहरीको लचकतालाई कमजोरीको रुपमा नलिन आग्रह गर्दै उनले कानुन हातमा लिने अधिकार प्रहरी र आम सर्वसाधारण कसैलाई पनी छुट नहुने धारण राखे ।
नेपाली कांग्रेस जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका उपसचिव धुर्व यादवलाई गत मंगलबार जिल्ला प्रहरी कार्यालय भित्रै प्रहरी नायब उपरिक्षक र प्रहरी निरिक्षक लगायतले निर्घात कुटपिट गरी घाइते बनाई केही घण्टा नियन्त्रणमा लिइएको भन्ने विषयलाई लिएर बिरोध सुरु भएको थियो ।






Write your Comment