

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीकाका नगर प्रमुख राजन पौडेलले आर्थिक वर्ष २०८०÷८१ लागी वनेको आर्थिक ऐन २०८० कुनैपनी अवस्थामा परिमार्जन वा हेरफेर नहुने बताएका छन् ।
सिमरा स्थित हुलास स्टिल प्रा.ली.को ७० औँ स्थापना दिवसको अवसरमा आयोजित एक भव्य समारोहमा बोल्दै प्रमुख पौडेलले एक पटक निर्माण भइसकेको ऐन कुनैपनी अवस्थामा थपघट् गर्न नमिल्ने जिकिर गरे ।
व्यवसायीहरुको छाता संगठन नगर उद्योग वाणिज्य संघको नेतृत्वमा आर्थिक ऐन परिमार्जनका लागी आग्रह गरिरहेको अवस्थामा सो आग्रहको कडा बिरोध गर्दै प्रमुख पौडलले आर्थिक ऐनका बिभिन्न शिर्षकहरुको परिभाषामा आवश्यक छलफल गर्न तयार रहेपनी परिमार्जनका बिषयमा नगरपालीका तयार नभएको बताएका छन् ।
यसैविच समारोहमा बोल्दै उपप्रमुख भोला प्रसाद अधिकारीले हुलासबाट निस्किने प्रदुषित पानीलाई व्यवस्थापन गर्न उद्योगले आवश्यक कार्य गर्नुपर्ने सुझाव दिएका छन् । उद्योगले आज कम्पनीका संस्थापक स्व. दिवाकर गोल्छाको स्मृतीमा रक्तदान लगाएत बिभिन्न कार्याक्रमको आयोजना गरेको हो । उनका कान्छा छोरा हिमान्सु गोल्छाको नेतृत्वमा हाल कम्पनी संचालित छ ।
उद्योगले आज संचालनमा ल्याएको नयाँ वातावरण मैत्री प्लान्टले वार्षिक ३ अर्वको आर्थिक कारोवार गर्ने प्रमुख कार्यकारी गोल्छाले जानकारी दिए । उनका अनुसार उद्योगले प्रदुषण न्युनिकरण गर्न पुराना प्रबिधि हटाउँदै नयाँ र आधुनिक तथा विधुतीय प्लान्टहरु स्थापना गर्दै जाने बताएका छन् ।






Write your Comment