

सिमरा ।
बाराको निजगढ स्थित धन्साल खोला नजिकै एक शिशु फेला परेको छ । जनकपुरबाट बिरगञ्जका लागी आएको यात्रुवाहक वसका एक यात्रुले पिसाव फेनु भनी जंगल भित्र पस्दा सो वच्चा फेला परेको हो । निजगढ प्रहरीका अनुसार ब्याङ्केक माथी सकुसल राखिएको अवस्थामा राखिएको शिशुलाई केही समय अघिमात्रै छाडिएको हुनसक्ने बताइएको छ ।
अन्दाजी ४ देखी ५ महिनाको हुन सक्ने शिशुको अभिभावक बारे तथ्य खुल्न सकेको छैन । शिशुलाई अहिले प्रहरी कार्यालयमा सुरक्षित गरिएको छ भने निजगढमै रहेको मावन सेवा आश्रमलाई पालनपोषणको जिम्मा लगाउने तयारी गरेको प्रहरीले जनाएको छ ।





Write your Comment