वीरगंज–पथलैया व्यापारीक मार्गको अनाधिकृत बजारीकरण र पार्किङ्ग हटाइने

रातोघर

 २०८० श्रावण १७, बुधबार  मा प्रकाशित
८६० पाठक संख्या


सिमरा ।

वीरगंज–पथलैया व्यापारीक मार्गको अनाधिकृत बजारीकरण तथा सवारी पार्किङ्ग हटाउने बारे सडक बिभागले सम्वन्धित पक्षसंग छलफल कार्यक्रमको आयोजना गरेको छ ।

व्यापारीक मार्ग विस्तार योजना वीरगंज–पथलैया सडकको सडक विस्तार अन्तर्गत पर्ने सर्भिस लेन, फुटपाथ र ड्रेनेजको अनाधिकृत बजारीकरण तथा सवारी पार्किङ्ग हटाउने विषयमा मंगलबार टुँगो लागेको हो ।

आयोजनाका योजना प्रमुख दिपेन्द्र पाण्डेयको अध्यक्षतामा भएको छलफलमा जनप्रतिनिधि, सुरक्षा निकाय, व्यवसायी र पत्रकारको सहभागिता रहेको थियो ।

छलफलमा जीतपुरसिमराका मेयर राजन पौडेल, उपमेयर भोला प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, परवानीपुर गाँउपालिका अध्यक्ष राम क्षेत्री पटेल, शसस्त्र प्रहरी बल बाराका शसस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगी, जिल्ला प्रहरी कार्यालय, कलैया बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटी, राष्ट्रिय अनुसन्धान जि.का. बाराका उप. अ.नि.अभिनय कुमार सिंह, व्यापारीक मार्ग विस्तार योजनाका प्रमुख दीपेन्द्र पाण्डेय, जितपुरसिमरा वडा नं. ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता, २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामीछाने, महासचिव प्रकाश गिरी, प्रदेश ट्राफिक व्यावस्था कार्यालय पथलैयाका प्रहरी निरीक्षक सुशिल आचार्य लगायतको सहभागी थिए ।

यी हुन् बैठकका निर्णय :

१. यस योजना अन्तर्गत विस्तारको क्रममा रहेको पथलैया– सिमरा–जीतपुर– परवानीपुर– गण्डक सडक खण्डमा भएको अनाधिकृत पार्किङ्गका तथा बजारीकरणको कारणले हुन जाने दुर्घटना र भौतिक संरचनामा हुने क्षतिलाई मध्यनजर गरी आयोजनाको अगुवाईमा उद्योग वाणिज्य संघ, जीतपुरसिमरा उ.म.न.पा, तराइ यातायात व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वयमा सडक Clear गर्न पहल गर्ने ।

२. आयोजनाको पहलमा सडक किनाराको पार्किङ्ग तथा बजारीकरण हटाई सकेपछि त्यसबाट परेको प्रभावलाई विश्लेषण गरी जीतपुरसिमरा उ.म.न.पा. ले आवश्यक व्यवस्थापन गर्ने ।

३. Main lane देखि Service lane सम्म पहुँच सडकको जथाभवी माँग गरेको, अनाधिकृत रुपमा V Drain भत्काई पहुँच सडकको मापदण्ड विपरीत Slab ढलान गरेको साथै निर्माण कार्य भइसकेको Median भत्काई Opening गरीएकोले भत्किएको संरचना आयोजनाबाट निर्माण गर्ने साथै  Road Accident लाई न्यून गर्न जिल्ला ट्राफिक कार्यालय र स्थानीय जनप्रतिनिधीबाट आवश्यक सहजीकरण गर्ने ।

४.Factory बाट निस्केका Waste material  बिना कुनै Treatment  गरी नालीमा मिसाउने कार्यलाई सम्बन्धित कलकारखानाबाट सोको आवश्यक Treatment गरी उचित व्यवस्थापन हुन उधोग बाणिज्य संघको सहयोगमा र जिल्ला प्रशासन कार्यालयबाट समन्वय गर्ने ।

५. कोइला डिपोबाट निस्केको Debris लाई सडकमै छोड्ने साथै नालीमा फाल्ने गरेकोले सडक भत्किने, नाली जाम हुने साथै पानी निकासामा समस्या हुने र धुलो प्रदुषण भइ सडक दुर्घटना हुने र स्थानीयको स्वस्थ्यमा समस्या हुने हुँदा जीतपुरसिमरा उ.म.न.पा, परवानीपुर गाँउपालिका, उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयवाट समन्वय गर्ने ।

६. स्थान पहिचान भइसकेको ठाँउमा Over Bridge निर्माणको लागि सिफारिस गर्ने ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban